मैले कहिल्यै परिकल्पना नगरेको उहाको बारेमा म अबोध रहेको, उहाको कुनै सम्झना नै नरहेको साहिद मेरो बाल्यकालमा देखे की देखिन कुनै चेस्को सम्झना छैन । मेरो बाजे अन्तरे धामी बाजेको जेठो दाई सेटाल्चु खलकको नाक्सो बाजेको छोरी इन्द्रा माया फुपुको कान्छा छोरा हुनुहुदो रहेछ । मैले फुपुलाइ पनि देखे या देखिन सम्झना छैन तर भान्जादाइ तिनभाइको सम्झना छ । तर उद्धब दाइको संम्झना छैन । राजनीतिज्ञ तथा समाजसेवी नरेन्द्र कु। श्रेष्ठले जानकारी गराउदा म अनविज्ञ नै थिए र भेट्न जाउ भने पछि उहाको मोटर बाइकमा ललितपुरको झापाखेलसम्म पुग्दा उहा यति नजिकको आफन्त पर्नु हुन्छ भन्ने थाहा थिएन र बुबालाई गाउमा फोन गरेर सोधखोज गर्दा इन्दा्र दिदीको कान्छो छोरा भान्जा उहिल्यै हराएको थियो सहिद उ नै होला अब आमाको नाम र बुबाको नाम सोधेर थाहा हुन्छ भन्नु भयो र पछि उहि भान्जा दाइनै हुनुहुदो रहेछ । म अचम्मित भए उहासंगको यो पहिलो भेटमा।। म ३ दशक वरिपरी मनाङ र मुस्ताङतिर निकै चाहारे तर हाम्रो भेट कहिल्यै भएन शाहिद अनगिन्ति पाइलाहरु भेटिएर छिपिए होलान ति हिमाल पारीको कुनाकान्दरा, गाउ बस्तिहरुमा ।।
४३ बर्ष हराएका दाईसँग । नरेन्द्र श्रेष्ठको मनबाट
ओखलढुंगा सुनकोसी ४, ९सिस्नेरी ०तल्लो बिनासे निबासी दिल ब। र इन्द्रा माया राईको कान्छो छोरा साथै बिक्रमान, स्व।भक्त ब। र स्व। जगत ब। को कान्छा भाई उद्वब बहादुर राई करिब ४३ बर्ष पछि सुरक्षा निकायको सहयोगमा मुस्ताङ्गको हिमाली क्षेत्रबाट आफ्नो परिवारको सम्पर्कमा १ महिना अगाडि आउनु भएको रहेछ, उहाँसँग ललितपुर धापाखेलमा भेट गरि बाल्यकालको केही सम्झनाका गफ गरियो तर धेरै बिर्सी सक्नु भएको रहेछ र स्वास्थ्य अबस्था पनि निकै कम्जोर भएको रहेछ। उहाँको कथा हेर्ने कथाका प्रकाश तामाङको भन्दा धेरै नाजुक भएको महशुस गरियो ।
यो अवर जुराइ दिनुहुने समाजसेवी नरेन्द्र श्रेष्ठ प्रति आभारी छु र उद्धब दाइको भतिजिनि, जुवाइ र भतिजहरु प्रति धन्यबाद ब्यक्त गर्दछु ।