एआर भेन्चर्स को आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना यही सेप्टेम्बर २८ तारिख शानिबारको दिन बिहान १० बजेदेखि साँझ ६ बजे सम्म नागपोखरीस्थित अरण्य बुटिक होटलमा आयोजना हुने कार्यक्रमका आयोजक सोनाम जाङ्बु शेर्पाले बताए । कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले सहकार्य र प्रवद्र्धन गर्ने छ भने इन्टरनेट पार्टनरमा क्लासिटेक, भेन्यु पार्टनरमा अरण्य बुटिक होटल र डिजाइन् पार्टनरमा सत्य मिडिया कोलेभोरेटिभ रहेका छन् ।
यसअघि नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को पहिलो संस्करण दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेको थियो । नेपालको भौतिक ,सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको प्रवर्दन, पद–यात्रा, ट्रेकिंङ्ग, हिमाल आरोहण र विभिन्न साहसिक पर्यटकिया गतिविधिहरुमा प्रयोग हुने स्वदेशी तथा विदेशी ब्रान्डका सामानहरुको प्रदर्शन, किनमेल र नेपालीहरुलाई साहसिक पर्यटन गतिविधिहरुमा प्रोत्साहित गर्ने उद्देश्य सहित हामीले गत वर्ष नै नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना गरेका थियौं र यस पटक पनि सो उद्दश्यसहित दोस्रो संस्करण लिएर आएका शेर्पाको भनाइ छ ।