बौद्धस्तुपा १६ वैशाष विश्व शान्तिका अग्रदूत भगवान बुद्धको जन्मजयन्ती भव्य रुपमा मनाउने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले प्राचिन गुरु म्हारमेन ल्हाखाङ गुम्बामा सोमबार छलफल तथा सुझाव संकलनको एक कार्यक्रम गर्दै २९ गते सोमबारका दिन मनाउन लागिएको २५६९ औं बुद्ध जयन्तीको विविध कार्यक्रमबारे जानकारी दिएको हो । विश्व भरी बौद्ध महास्तुपाको अस्तुसहित विश्वशान्ति यात्रा आराम्भ गरी भगवान बुद्धको असिमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पुऱ्याई समस्त नेपाललाई विश्वमाझ चिनाउने महान उद्देश्यका साथ २५६९ औं बुद्ध जयन्ती मनाउन लागेको जनाइएको छ ।
Photo : pradeep kumar Shrstha / global photo bank.com