ललितपुर ०१ भाद्र २०८२, नागपञ्चमी हिन्दुहरु परम्परा रित अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ ।
नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका (१) स्थित नागपोखरी र कीर्तिपुरको टौदह, ललितपुरको नागपोखरीमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।
Photo : Dipendra Maharjan /globalphotobank.com