१२ भदौ, काठमाडौं । आज साउन शुक्ल पूर्णिमा । आजको दिनमा प्रत्येक वर्ष रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइन्छ । आजको दिनमा वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट जनाई तथा रक्षा बन्धन गर्दछन् । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर देखि वरिपरि रहेका मन्दिरको परिसरमा भक्तजनको चहलपहल रहेको थियो । जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाने चलन छ ।
Photo : Dipendra Maharjan /globalphotobank.com