नेपालको निजी क्षेत्रको छाता संस्था, नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक पदमा नियुक्त गरेको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार उहाँलाई २०८३ असोज १ गते देखि लागु हुनगरि नियुक्त पत्र प्रदान गर्नु भएको थियो । यसअघि उहाँले सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालयको नेतृत्व सम्हाल्नु भएको थियो । उहाँले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ÷विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) तथा पछिल्लो समय यूएसएडको ‘तयार नेपाल’ परियोजनामा निजी क्षेत्र समन्वय निर्देशकको रूपमा कार्यकारी तथा सल्लाहकारको भूमिका निर्वाह गरिसक्नु भएको छ । उहाँ नेपाल आर्थिक पत्रकार समाज सेजोन) का पूर्व अध्यक्ष, र कान्तिपुर मिडिया ग्रुप, द हिमालयन टाइम्स र स्पेस टाइम टुडे जस्ता प्रमुख राष्ट्रिय दैनिकहरूमा वरिष्ठ आर्थिक पत्रकारका रूपमा साथै निजी क्षेत्रको व्यावसायिक वातावरण सुधार विषयमा अर्थशास्त्रमा विद्यावारिधि गर्नु छ ।