Gorkha Boxing Championship Closed

September 20, 2026 Global Photo Bank 8 photos

काठमाण्डौको नोभा क्लबमा भएको बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रामेछापका विवेक मगरले रेफ्रीहरुको निर्णय अनुसार चितवनका आयुष अधिकारीलाई पराजित गरे, हेटौंडाका सोहन राईले गुल्मीका रविन केसीलाई, पाँचथरका फुङलाङ काम्बाङले भारतको हरियाणाका लक्ष्य सुनारियालाई पराजित गरे। भने

सहायक मुख्य प्रतियोगिताको ६ राउन्डको लडाईमा भारतको हरियाणाका अंकित कुमारले सुदूरपश्चिमका भरत चन्दलाई, सर्वसम्मत रूपमा पराजित गरे भने

गोर्खा बक्सिङ च्याम्पियनसिपको मुख्य प्रतियोगितामा नेपालको प्यूठानकी पुनम पुन मगरले भारतको राजस्थानकी मेहकप्रीत सिद्धुलाई ६ राउन्डको फाइटमा पराजित गरिन्। नेपालको गोरखाका अर्पिल राणा विरुद्ध भारतको शिलोङका शानबोरलाङ मारबानियाङ बहुमत विभाजनको निर्णय बराबरीमा समाप्त भयो । विशेष खेलको रुपमा हेरिएको खेलमा प्यूठानका मिलन शार्कीले पहिलो राउन्डको २२ सेकेन्डमा भारतको हरियाणाका साहिल चौहानलाई नकआउट गरे संगै गोर्खा प्रमोशनले मिलन शार्कीलाई उनको नकआउट प्रदर्शन गरेको आधारमा रु ५० हजार बोनस रुपमा प्राप्त गरेका छन् ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ÷ग्लोबल फोटो वंैक/ office

Photos

Click any image to open it full size, or hover to download.