२०८३ काठमाडौं नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवर्द्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा तहमा रहेका प्रतिभाहरूलाई राष्ट्रिय खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले नेपाल बास्केटबल संघ, नेपाललय इन्टरनेशनल र PABSON को संयुक्त आयोजनामा राष्ट्रियब्यापी बास्केटबल प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको कवर्ड हल दशरथ रंगशाला त्रिपुरेश्वर मा आयोजना गर्न लागिएको छ । २०८३ असोज ५ गतेदेखि असोज १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल ४० वटा टोलीको सहभागिता रहनेछ । विद्यालय तथा युवा तहमा बास्केटबल खेलप्रति बढ्दो आकर्षण र सहभागितालाई व्यवस्थित अवसरमा रूपान्तरण गर्दै प्रतिभावान खेलाडीको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।