Pakku Festivel

October 13, 2026 Global Photo Bank 6 photos

नेपाली मौलिक स्वाद, हाम्रो उत्सवको परिकार र आतिथ्यताको प्रवर्द्धनमा ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’

काठमाडौं, २०८३ आश्विन २४ गते नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष पनि ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना ग–यो छ।

नेपाली खानाको विविधतामध्ये पक्कु एउटा मौलिक, स्वादिष्ट र गाउँघरको परम्परागत पाककलासँग गहिरो सम्बन्ध राख्ने उत्सवको परिकार हो। पुस्तौँदेखि हाम्रो सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिँदै आएको यस परिकारलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुना र अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले विगत तीन वर्षदेखि निरन्तर रूपमा पक्कु फेस्टिभल आयोजना गर्दै आएको छ।

Photos

Click any image to open it full size, or hover to download.