काठमाडौं । नेपाली घरेलु फुटबललाई व्यावसायिक बनाउने उद्देश्यका साथ नयाँ प्रतियोगिता ‘नेपाल फुटबल लिग’ (NFL) आगामी २०८३ साल फागुन १ गतेदेखि सञ्चालन हुने भएको छ। काठमाडौंको लाजिम्पाटस्थित दुसित प्रिन्सेस होटलमा आयोजित एक कार्यक्रमका बीच जारी गरिएको प्रेस विज्ञप्ति अनुसार प्रतियोगिताको तयारी अघि बढाइएको जानकारी दिइएको हो। लिगको ऐतिहासिक पहिलो संस्करणमा घरेलु फुटबलका पुराना ७ वटा क्लबसहित नयाँ थपिने टिमहरूले प्रतिस्पर्धा गर्नेछन्। पुराना टोलीहरूमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी रहेका छन्। यी सात टोलीसँगै प्रतिस्पर्धा गर्न अन्य सहरका नयाँ क्लबहरू पनि एनएफएलमा थपिने जनाइएको छ।
Photo : Sunil C. Bajracharya/globalphotobank.com