सभापति कपको उपाधिमा संकटा र आयोजक बागमती दुवैको दावी

काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौंमा जारी सभापति कप फुटबलको फाइनल खेल्नै दुवै टिमले उपाधि जित्ने दावी गरेका छन् । उपाधिका लागि विहीबार साँझ साढे ५ बजे संकटा क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती )बीच प्रतिस्पर्धा हुने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मिडिया सेन्टरमा भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमले पहिलो संस्करणको उपाधि जित्दै इतिहास बनाउने लक्ष्य लिएको बताए ।