दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ–मन्त्री पाण्डे

February 21, 2025 Global Photo Bank 3 photos

काठमाडौं–संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ । अन्तराष्ट्र्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशालाको उद्घाटन गर्दैै मन्त्री पाण्डेले लोपउन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो,लोपउन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । अहिले कुसुण्डा बोल्ने एक जना व्यक्ति मात्रै रहेछन । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ उहाँले थप्दै भन्नु भयो,भाषा हुन्थेन भने मानिसकको जिन्दग िनै निरस हुन्छ । उहाँले प्रत्येक भाषाले बोकेको सन्देश,अर्थ,संवेदनशिलता, दर्शन,इतिहास सभ्यता जतिसुकै भए पनि एकले अर्काेको भाषाले बोक्न सक्दैँन । मन्त्री पाण्डेले ज्ञानको बहुआयामिक जोगाउनका लागि पनि भाषाको महत्व बढ्दै गएको बताउनु भयो। उहाँले मुलुकमा हाल १३१ वटा भाषा बोलिने गरेको उल्लेख गर्दै अन्वेषण हुँदै जाँदा भाषा बढ्दै जाने समेत बताउनु भयो । मन्त्री पाण्डले भाषा अभौतिक सम्पदा जस्तै भए पनि यसले भौतिक कुराको पनि सेतुको काम गरिरहेको उल्लेख गर्नुभयो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment