यही आउ“दो जेष्ठ ८ गते देखि १५ गते सम्म नवौ प्रधानमन्त्रि कप महिला तथा पुरुष भलिवल लिग हुने भएको छ । जसमा महिलाको ६ पुरुषको ८ गरी जम्मा १४ वटा टिमले सहभागिता जनाउने छन् । यस खेलमा प्रथम हुनेले ८०००००। आठ लाख द्वितिय हुनेले ४०००००। चार लाख र तृतिय स्थानले २०००००। दुइ लाखका दरले नगद पुरुस्कार सहित सिल्ड ट्रफी पाउने छन् भने उष्कृष्ट लियो, सरभर, ब्लकर, लिफ्टर स्पाइकर र टिम प्रशिक्षकले जनही २५÷२५ हजार प्राप्त गर्नेछन् । यो खेलको सम्पुर्ण खर्च ९०००००। नब्बे लाख लाग्ने अनुमान छ भने पुरस्कार राशी भने ३२ लाखको रहेको छ । यो भलिवलको इतिहासमा सवभन्दा धेरै राशिको पुरस्कारको शुरुवात गरेको कुरा काठमाण्डौको होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गरी नेपाल भलिवल संघका उपाध्यक्ष भरत शाहले प्रत्रकारहरुलाई जानकारी दिनु भयो । साथै पत्रकारहकोे प्रश्नको जवाफ अध्यक्ष जितेन्द्र बहादुर चन्दले जवाफ दिदै अन्त्यमा सवैलाई धन्यबाद दिनु भयो । कार्यक्रमको संचालन महासचिव रोशन श्रेष्ठ गनु भएको थियो ।
Photo : Pradeep kumar Shrestha/global photo bank.com