११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन

जेठ २६ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनु भएको छ । स्वीट्जरल्याण्डको जिनेभामा आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरु प्रस्तुत गर्नुभयो । सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्पबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरकाबारे विश्व समुदायलाई जानकारी गराउनु भयो । ढकालले कामदारहरूसँग द्विपक्षीय सहकार्यलाई सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको बताउनु भयो ।