योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह 

June 22, 2025 Global Photo Bank 6 photos

ललितपुर, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउन आग्रह गर्नुभएको छ । सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योगू भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११ ओैं विश्व योग दिवस २०२५ लाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले योग मानव जातिको कल्याण, विश्वशान्ति, समृद्ध नेपाल, सुखी नेपाली  निर्माणका लागि नेपालले गर्ने कार्य हो भन्नुभयो । योगका आठ वटा सूत्रहरुमध्ये योग अनुशासन आवश्यक छ, प्रधानमन्त्री ओलीले हामीले योगलाई दैनिकचर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यताको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

photo : dinesh bhandari / pm office

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment