चर्चित मोडल तथा अभिनेत्री नीति शाह ब्रान्ड एम्बासडर

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली मधेश युनाइटेडले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। मिस नेपाल इन्टरनेशनल २०१७ विजेता हुन् नीतिले एम्बासडरको रूपमा क्लबसँग जोडिन पाउँदा उनले अत्यन्त खुशी र गर्व महसुस भएको बताएकी छन्। यससँगै क्लबले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई फेरि मार्की खेलाडीको रूपमा निरन्तरता दिएको छ। त्यस्तै, टोलीले कोपिला उप्रेतीलाई प्रशिक्षकमा नियुक्त गरेको छ । ईन्फिनिटी ड्रिम्सको आयोजनामा दोस्रो एभरेष्ट महिला भलिबल लिग भदौ २० गतेदेखि २८ गतेसम्म हुने तयारी भइरहेको छ।

photo collection kriti shing