निरुता ठगुन्नालाई मधेश युनाइटेडको मार्कीका रूपमा निरन्तरता

July 17, 2025 Global Photo Bank 5 photos

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि मधेश युनाइटेडले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः मार्की खेलाडीका रूपमा निरन्तरता दिएको छ। गत संस्करणमा उत्कृष्ट प्रदर्शन गरेकी ठगुन्नाले फेरि पनि मधेश युनाइटेडसँग खेल्ने अवसर पाउँदा खुशी व्यक्त गरेकी छन् । ‘टिमलाई विजेता बनाउन म आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछु’ उनले भनेकी छन् । क्लबले भनेको छ, ‘पहिलो संस्करणमा बलियो प्रदर्शन गर्दै टोलीको नेतृत्व गरेकी निरुता फेरि फर्किँदा हामीलाई गर्व लागेको छ। उनी यसपटक पनि कोर्टमा आफ्नो प्रभुत्व देखाउनेछिन् भन्ने हामी विश्वास गर्छौं । यस अघि मधेशले प्रशिक्षकका रूपमा कोपिला उप्रेतीलाई नियुक्त गरिसकेको छ । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।

photo : file photoes /global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment