tamang kids season II 2025 compled

काठमाण्डौ युथ​ क्रियसन नेपालद्धारा आयोजित तामाङ समूदायका बालबालिकाहरुको प्रतियोगितामुलक सौन्दर्य प्रतियोगिता फेस अफ तामाङ किड्स दोस्रो संस्करण २०२५ को उपाधी केबिक तामाङ र सरलिन तामाङले जितेका छन् । साउन १७ गते काठमाण्डौ एक कार्यक्रममा आयोजित फिनाले कार्यक्रममा क्रमश बालक र बालिकातर्फ शिर्ष स्थान हासिल गर्दै फेस अफ तामाङ किड्स तामाङ्को उपाधी जितेका हुन् । प्रतियोगिता अन्तर्गत बालकतर्फ प्रतिस्पर्धामा फुर्बा तामाङ फस्र्ट रनर अप र दिप्सन तामाङ् सेकेण्ड रनर अप बन्न सफल रहे भने बालिकातर्फ सेलिना मोक्तान लामा फस्र्ट रनर अप र सोनाम डोल्मा पाख्रिन तामाङ सेकेण्ड रनर अप बन्न सफल रहे । सहभागी बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उदेश्यसहित फेस अफ तामाङ किड्स आयोजना गरिएको तामाङ समुदायका लागि लामो समय देखि योगदान पुर्‍याउँदै आउनुभएका युथ​ क्रियसन नेपालका अध्यक्ष रवि लामा तामाङले बताए /

photo : pradeep kumar shrestha/global photo bank.com