काभा महिला नेसन्स लिग टुँडिखेलमा हुने

४ भदौ, काठमाडौं, नेपाल भलिवल संघ र हिमालय टिभि विच आज एक कार्यक्रममा ब्रोडकास्टिङ तथा माकेटिङ सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा भलिवल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र हिमालय टिभीका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गर्नु भयो । भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले हिमालय टिभिबाट राम्रो बिड आएकाले छानिएको बताए । साथै काभा महिला नेसन्स लिगलाई विश्व वरियताको सिस्टममा समावेश गर्न एफ आई भि बी लाई आग्रह गर्ने समेत नेपाल भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए । काभा महिला नेसन्स लिग खेलकोलागि सरकारले १ करोड छुट्याएको छ भने महानगरले पनि ३० लाख दिने भनेर बजेटमा रहेको कुरा पत्रकार सम्मेलनमा चन्दले बताउनु भयो । यस पटक काभा महिला नेसन्स लिग खेल आउटडोर टुडिखेलमा गर्ने तयारी रहेको कुरा नेपाल भलिवल संघका महासचिव रोशन श्रेष्ठले बताउनु भयो । खेलमा ८ राष्ट्रले सहभागी जनाउने छन् । टुँडिखेलमा ८ हजार क्षमता भएको प्याराफिट बनाइने महासचिव श्रेष्ठले बताउनु भयो ।

photo : pradeep kumar shrestha/global photo bank.com