kageshowri mela photo feature

भदौ १५, काठमाडौँ । संघीय राजधानीको उत्तरपूर्वी भागमा रहेको कागेश्वरी मनोहरा नगरपालिका –१ स्थित कागेश्वरी मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना एवम् दर्शन गरेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ला अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा भक्तजनले यहाँ पूजा आराधना एवम् दर्शन गरेका हुन् । प्रशिद्ध पवित्र ऐतिहासिक धार्मिक महत्व बोकेका कागेश्वरी महादेव मन्दिरमा काठमाडौँ उपत्यका लगायत काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, नुवाकोट लगायत विभिन्न जिल्लाबाट क्तजनहरू आउने गरेका कागेश्वरी मनोहरा नगरपालिका १ का वडाध्यक्ष मकुन्द गजुरेलले बताए । कागेश्वरी महादेव मन्दिरलाई तिहासिक, धार्मिक, पर्यटकीय स्थलको रूपमा विकास गर्नका लागि नगरपालिकाले सक्रियता देखाइएको वडाध्यक्ष गजुरेलले बताए ।

photo : pradeep kumar shrestha/global photo bank.com