२६ औ महिला तथा २७ औ पुरुष राष्ट्रिय सुटिङ प्रतियोगिताको पुरस्कार वितरण तथा समापन
ललितपुर, २६ जेठ, नेपाल सुटिङ संघको आयोजनामा भएको २६औ महिला तथा २७औ पुरुष राष्ट्रिय सुटिङ प्रतियोगिता ललितपुरस्थित सातदोबाटोमा रहेको सुटिङ रेन्जमा सम्पन्न भएको छ। तीन दिन सञ्चालन भएको प्रतियोगिता अन्तर्गत एयर राइफल महिला तर्फ फुलमाया केप्छाकी प्रथम, रेनु कोली द्वितिय र तृतिय स्थान भए । यसैगरी पुरुषतर्फ विनोद बस्नेत प्रथम, सुनिल चन्द द्वितिय र अर्जन थापा मगर तृतिय स्थान भएका छन । एयर पिस्तोल महिलातर्फ हेमा चौधरी प्रथम, सीमा कुमारी तुलाधन द्वितिय र राधा धर्ति तृतिय भए । यस्तै एयर पिस्तोल पुरुष तफै विपेश खड्का प्रथम, सुकदेव चौधरी द्वितिय र तृतिय भए । एयर पिस्तोल मिक्समा बागमतिका विपेश खड्का र रविना श्रेष्ठको जोडिले प्रथम, मान बहादुर र मिना स्याङतान द्वितिय र विष्णु कुमार दिस्वामा र राधा धर्ति तृतिय भए । यस पटक पुरानो राष्ट्रिय रेकर्ड श्याम रानाले राखेको रेकर्ड तोडी नयाँ रेकर्ड राख्न सफल भए । साथै एयर पिस्तोलतर्फ पुरानो रेकर्डलाई तोडी विपेश खड्काले ल्याई नयाँ रेकर्ड राखेका छन्। खेलमा विजेता खेलाडिहरुलाई नेपाल सुटिङ संघ अध्यक्ष पुषदास श्रेष्ठ, शरदचन्द्र शाह मेमोरियलका फाउन्डेसनको महासचिव मिहीका शाह, राष्ट्रिय विमा कम्पनी लिमिटेडका निर्देशक रवि कुमार टिबरीवाला र प्रमु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडका अध्यक्ष सम्झना अर्याल (अस्मीता सुमार्गी) बाट विजय खेलाडिहरुलाई पदक तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । यस कार्यक्रम संचालनगर्नकोलागि आर्थिक सहयोग प्रभु महालक्ष्मी इन्सुरेन्स लिमिटेड र सगरमाथा लुम्वीनी इन्सुरेन्स लिमिटेडले प्रायोजन गर्नु भएको जानकारी प्रतियोगिता कार्यक्रम संयोजक नेपाल सुटिङ संघका उपाध्यक्ष श्री ज्ञानेन्द्र श्रेष्ठले गराउनु भयो ।
photo : pradeep kumar shrestha/ globalphotobank.com