Electric Scooty launched

September 24, 2026 Global Photo Bank 7 photos

‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक भएको छ । तपाईंको बजार र को सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार राइड सेयरिङमा आबद्ध राइडरलाई सवारीसाधन भाडामा उपलब्ध गराउने भन्दा आफ्नै सवारीसाधनको मालिक बनाउने उद्देश्यले योजना ल्याइएको हो। योजनाअन्तर्गत राइडरले शून्य डाउनपेमेन्टमा इलेक्ट्रिक स्कुटर लिन सक्नेछन्। दैनिक आम्दानीबाट किस्ता तिर्दै स्कुटरको स्वामित्व हासिल गर्न सकिने कम्पनीको दाबी छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उक्त स्कुटरलाई सार्वनकि गर्नु भएको थियो । कार्यक्रममा बोल्दै घिसिङले विद्युतीय सवारीसाधनको प्रयोग विस्तारसँगै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता पहलले योगदान पुर्‍याउने बताए। तपाईंको बजारकी प्रमुख कार्यकारी अधिकृत माया लामाले ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहितको योजना दुई वर्षअघि नै सुरु गरिएको बताइन्।

Photo ; pradeep kumar shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.