नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६ आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह–आयोजनामा हुन लागेको मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटान लगायतका देशको सहभागिता रहनेछ ।
Photo : pradeep kumar shrestha / globalphotobank.com