जापानको मोनोर्‍याक अर्थात मोनोरेल अब नेपालमा / Japanes Monorail in nepal


काठमाडौं श्रावण ४ .आज काठमाडौंको कुपोन्डोलस्थित हिमालयन हाटेलमा निक्कारी कम्पनीले चामुन्डा ट्रेडिङको सहकार्यमा एक कार्यक्रमको आयोजना गरि मोनोरेलसम्बन्धी एक परिचयात्मक कार्यक्रम सम्पन्न ग–यो । मोनोर्‍याक अर्थात मोनोरेलसम्बन्धी कार्यक्रम नेपालमा यो तेस्रो पटक जानकारी दिएको हो ।

कार्यक्रममा नारायण रिजालले स्वागत मन्तव्य दिए भने मितसुगो नोमुराले अनलाइनमार्फत यस प्रविधिका बारेमा प्रस्तुति दिएका थिए । मोनोर्‍याक रेलवेमा चल्ने दुई मोनोरेल मध्ये कुनै एकको नाम हो। दुबै प्रणालीहरू ठाडो वातावरणमा हल्का भारहरूका लागि प्रयोग गरिन्छ।

धादिङको सिस्ने खोलादेखि काठमाडौंको नागढुंगाको सुरुङमार्गमा पनि यसको प्रयोग भएको छ। यसैगरी भृकुटिमण्डपमा कृषि एक्सपोमा पनि प्रदर्शनीमा राखिएको आयोजकले बताए । यससँगै हिमालयन होटेलको एक बगैँचामा जानकारी दिनलाई राखिएको तेस्रो पटक हो ।

Photo : Pradeep Kumar Shrestha