प्रधानाध्यापक श्री नर बहादुर गुरुङलाई नगद हस्तान्तरण /अरुणोदय माद्यामिक विद्यालय

May 13, 2024 Global Photo Bank 2 photos

गोकर्ण जेष्ठ १ ः गोकर्णेश्वर नगरपालिका वडा नं ८ बस्ने विरेन्द्र सहानीले आफ्नो जन्म दिनको अबसरमा यस गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थीत रहेको अरुणोदय माद्याविद्यालयमालाई रु २५०००। (रु पच्चिसहजार) उपलब्ध गराउनु भयो । उक्त रकम विद्यालय ब्यबस्थापनका अध्यक्ष राजिव थापाको साथ उक्त रकम विद्यालयका प्रधानाध्यापक श्री नर बहादुर गुरुङलाई हस्तान्तर गर्नु भयो । हस्तान्तरण पछि बोल्दै अध्यक्ष राजिव थापाले यो रकम सही ठाउ“मा सदुपयोग हुने कुरा बताउनु भयो भने प्रधानाध्यापक गुरुङले यस्ता सहयोगी हातहरुले आउ“दा दिनका पनि सहयोग मिल्ने भन्दै उपस्थित सवैलाई धन्यबाद ब्यक्त गर्नु भयो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment