हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङमा दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुनेदीगो पर्यटन, खेल पर्यटन तथा चलचित्र पर्यटन प्रर्वद्धनको अपेक्षा

September 8, 2024 Global Photo Bank 4 photos

२०८१ भाद्र २३ ः हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।
जैविक विविधता संरक्षण समाज नेपाल ९बायोकोस० नेपाल र आन्ट फाउडेशनको सयूक्त आयोजना तथा चामे गाँउपालिका र मनाङ्ग ङिस्याङ गाँउपालिको सहकार्यमा विभिन्न संघसस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल संघ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजनमा मैंत्रीपूण फुटबल आयोजना गर्न लागिएको आईतबार काठाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
समूह सतहबाट २६०० मिटर उचाईमा रहेको तिमाङ, र ३२०० मिटर उचाईमा रहेको मुङ्जी फुटबल मैदानमा विभिन्न क्षेत्रमा ख्याती कमाउका ब्यक्तिहरुको टिम विच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्न लागिएको आयोजक आन्ट फाउण्डेनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिनुभयो ।
नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनु भयो । पत्रकार सम्मेलनमा फुटबल टीमका टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment