पर्यटकलाई सहजीकरण गर्न विमानस्थल सम्वद्ध निकायलाई मन्त्री पाण्डेको निर्देशन

December 23, 2024 Global Photo Bank 2 photos

काठमाडौं–संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटकहरु सहजीकरण गर्नका लागि विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । सोमबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल सम्बद्ध निकायको बैठकमा मन्त्री पाण्डेले उक्त निर्देशन दिनुभएको हो ।

मन्त्री पाण्डेले भन्नुभयो, त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल संवेदनशील क्षेत्र हो । राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ । सुरक्षा निकायको भूमिका अझैं प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ, उहाँले थप्दै भन्नुभयो,एक पटक आउने विदेशी पर्यटकहरुलाई पटक पटक आउने खालको वातावरण बनाउनुपर्छ । उहाँले त्रिभुवन विमानस्थल विदेशीहरुका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीहरुले राष्ट्रिय पहिचान झल्किने खालको पोशाक लगाउन समेत आग्रह गर्नुभयो ।

मन्त्री पाण्डेले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलले हाल ९० लाख यात्रुहरुलाई सेवा दिनु पर्ने बाध्यता रहेको स्मरण गर्दै प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पार्न समेत अनुरोध गर्नु भएको छ । उहाँले विमानस्थलमा देखिएका समस्याहरुको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न समेत निर्देशन दिनुभयो । मन्त्री पाण्डेले भन्नुभयो,भन्सार,अध्यागमन,एयरलाइन्स,क्यान कसले के के काम गर्ने र कति सयम भित्र गर्ने भनि प्राथमिकरण गर्नुहोस्। त्यसका लागि १५ दिन भित्र कार्ययोजना बनाएर अघि बढ्नुहोस् ।

मन्त्री पाण्डेले विमानस्थलमा आउने गुनासाहरुलाई सहज रुपमा सम्बोधन गर्न सम्बद्ध निकायलाई निर्देशन दिँदै अन्तरमन्त्रालय मार्फत हुने समन्वात्मक कार्यका लागि अग्रसर रहने समेत बताउनुभयो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment