मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्दै संघीयता सवलीकरणका लागि लागेका छौंःमन्त्री पाण्डे

December 26, 2024 Global Photo Bank 5 photos

काठमाडौं–संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्दै संघीयता सवलीकरणमा लागिरहेको बताउनुभएको छ ।

विहीबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिद्वारा आयोजित लुम्बिनी क्षेत्र विकास कोष,गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्याहरुको समाधान विषयमा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । उहाँले मन्त्रालय मातहतका निकाय सातवटै प्रदेशमा विस्तार गर्दै सेवा प्रभावकारी बनाउन गृहकार्य गरिहेको बताउनु भएको हो । मन्त्री पाण्डेले भन्नुभयो,विषयगत समितिलाई क्रियाशील बनायौं भने संघीयता प्रभावकारी हुने हो । हाम्रो मन्त्रालय अन्तरगत रहेको विषयगत समितिको दोस्रो बैठक सम्पन्न भएको छ । त्यसमा गाउँपालिका र नगरपालिका महासंघका प्रमुखहरुलाई समेतको प्रतिनिधित्व गरायका छौं ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रलाई चलायनमा बनाउनका लर प्रदेश र स्थानीय तहलाई समेत क्रियाशील बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले अगाडि भन्नुभयो,पर्यटन क्षेत्रलाई चलायमान बनाउन सातवटै प्रदेश र स्थानीय तहलाई क्रियाशील बनाउनुपर्छ । आर्थिक र व्यवस्थापकीय रुपमा सवल र सक्षम बनाउन जरुरी छ । नेपाल पर्यटन बोर्ड, नाथम लगायतका संस्थालाई सातवटै प्रदेशमा विस्तार गरी संघीयता सवलीकरणका लागि लागिरहेका छौं । उहाँले विश्व सम्पदामा सूचिकृत लुम्बिनी क्षेत्र लाई युनेस्कोले जोखिमको सूचीमा सुचिकृत गरेको स्मरण गर्दे भारतको राजधानी दिल्लीमा सम्पन्न भएको युनेस्कको बैठकबाट एक वर्षको म्याद पाई जोखिमबाट हटाउने गरी गृहकार्य भइरहेको र छ महिनाभित्र खतराको सूचीबाट हटाउने गरी काम भइरहेको समेत उल्लेख गर्नुभयो । तिलौराकोटलाई विश्वसम्पदा सूचिमा सुचिकृत गर्ने काम अन्तिम चरणमा पुगेको समेत बताउनु भयो ।

मन्त्री पाण्डेले राष्ट्र्रिय ध्वजावहाक एयरक्राप्टमा समस्या रहेको बताउँदै नेपाल एयरलाइन्सका केही विमान उड्न नसक्ने अवस्थामा पुगेकाले विमानको खरिद प्रक्रियाबारे छलफल भइरहेको समेत बताउनुभयो

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment