काठमाडौँ, पुस २६, कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार कसरी आकर्षित हुन्छ भन्ने सन्दर्भमा सम्बद्ध पक्षबिच राजधानीमा शुक्रबार अन्तरक्रिया गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा शुक्रवार राजधानीमा आयोजित ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार, विषयक अन्तरव्रिmयामा कलाकार र फोटोपत्रकारले प्रतिलिपि अधिकारलाई कसरी सुरक्षति गर्न सकिन्छ भन्ने सन्दर्भमा धारणा राख्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका बहुआयामिक तथा सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकारको विषयमा नेपाल प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालय मार्फत् प्रतिलिपि अधिकारका विषयलाई एकमुस्ट समेटेर सुझाव पेस गरिने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ, एसोसिएट प्रदेश अध्यक्ष रोयल आचार्यले प्रतिलिपि अधिकार सम्बन्धी कानुन निर्माणमा पत्रकार महासंघको तर्फवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकासदस्य सचिव देवेन्द्र कुमार काफ्लेले फोटोग्राफी सम्बन्धी सस्थाहरुसँग छलफल गरी प्रतिलिपि कानुन निर्माण प्रक्रियालाई सहयोग गरिने बताउनुभयो । नेपाल प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालयका प्रतिनिधि सालिकराम खतिवडाले हालसम्म गीत सङ्गीतका विषय मात्र प्रतिलिपि अधिकारका विषयमा कुरा उठ्ने भए पनि फोटोग्राफी र कलाका विषयमा समेत प्रतिलिपि अधिकारको बारेमा छलफल हुनु खुशीको विषय भएको बताउनुभयो । राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले स्वागत मन्तव्य राख्दै डिजिटल मिडियाको प्रवेशसँगै व्यवसायिक फोटोग्राफीमा संलग्न फोटापत्रकारका सिर्जना विनाअनुमति मिडियाले छाप्ने र कलाकारले पेन्टिङ बनाउने गरिएको चर्चा गर्नुभयो । उहाँले ‘आर्ट र फोटोग्राफीको प्रतिलिपि सम्बन्धी समस्याहरु बजारमा धेरै नै रहेकाले यस्ता समस्याको समाधानका लागि आवाज उठाउनुपर्छ भन्ने उद्देश्यले सो छलफल कार्यक्रम राखिएको बताउनुभयो ।
तस्वीर ः प्रदीप कुमार श्रेष्ठ, मुकुन्द कालिकोटे
प्रतिलिपि अधिकार सम्बन्धी छलफल सम्पन्न
Photos
Click any image to open it full size, or hover to download.