पर्वताराेहीका लागि कल्याणकारी काेष बनाउँछाैं : मन्त्री पाण्डे

January 26, 2025 Global Photo Bank 3 photos

काठमाडौं-संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणीका लागि कल्याणकारी काेष बनाउने उद्घाेष गर्नु भएकाे छ। आईतबार गाेरखाकाे चुमनुब्री गाउँपालिकाद्वारा आयाेजित सबैभन्दा छाेटाे समयमा विश्वकाे सर्वाेच्च शिखर सगरमाथा आराेहण गरि विश्व किर्तिमान् कायम गर्न सफल फुन्जाे जाङ्माे लामासहितका आराेहीलाई सम्मान गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएकाे हाे। मन्त्री पाण्डेले भन्नुभयाे,पर्वताराेहणीका लागि कल्याणकारी काेष बनाउँदै छाैं। पर्यटन विभागले पर्वतारोहणका क्रममा रहनु भएकाहरू लक्षित कल्याणकारी काेष बनाउनेबारे छलफल अघि बढाएकाे छ। काेही पनि पर्वतारोहण गर्दा अफ्ट्यारो पर्दा सरकार साथमा छ भन्ने आभास दिलाउने छाैं। उहाँले मुलुक संस्कृति र प्रकृतिले विविधतायुक्त रहेकाे उल्लेख गर्दै पर्यटकहरूका लागि समेथ उपयुक्त गन्तव्य रहेकाे बताउनु भयाे। मन्त्री पाण्डेले नेपालमा पर्यटकहरू भित्र्याउनका लागि नेपालकाे आकाश सुरक्षित र चलायमान छ भन्ने वातावरण बनाउन सकेकाे अवस्थामा र अफ्ट्यारो पर्दा सहज रूपमा उद्वार गरेन सकिएकाे अवस्थामा पर्यटकहरू सहजै रूपमा आउने समेत दाबी गर्नुभयो । मन्त्री पाण्डेले पर्यटकहरूलाई अथितिदेवाे भवकाे सत्कार दिएकाे अवस्थामा एक पटक आएकाे पर्यटक पटकपटक आउने समत दाबी गर्नुभयाे।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment