कोरिया नेपालको ५० औ वर्षको पुगेको उपलक्ष्यमा पहिलो पटक जुगल–१ हिमालको सफल आरोहण सरकारको तर्फबाट बधाइ

May 9, 2024 Global Photo Bank 12 photos

काठमाडौं । विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा, प्रसिद्ध हिमाल आरोही ओम ओङ्गीलले जुगल–१ हिमालको सफल आरोहण गरेका छन् ।
दुई जना नेपाली र एक जना कोरियन गरी तीन जनाले छ हजार ५९० मिटर उचाईमा रहेको जुगल–१ को सफल आरोहण गरेको कोरियन अल्पाइन महासंघको नेपालका लागि सम्पर्क कार्यालयका अध्यक्ष ङावाङिमा शेर्पाले आज पर्यटन मन्त्रालय भएको कार्यक्रममा दिदै विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले शुक्रबार दिउँसो १२ः३० बजे जुगल–१ हिमालको चुचुरो सम्मको डोरी टागेको र सफल आरोहण गरेका हुन् । साथै प्रसिद्ध हिमाल आरोही ओम ओङ्गील र लामा बाबु शेर्पाले त्यसपछि ३ः४० बजे उक्त हिमालको सफल आरोहण गरेको शेर्पाले बताए । आरोहित ब्यक्तिहरुलाई मन्त्रालयमा पर्यटन सास्कृति तथा नागरिक उड्यत मन्त्रि हित बहादुर तामाङ खादा ओढाई बधाई दिनु भएको थियो । साथै नेपाल–कोरियाको सम्बन्ध विस्तार भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाली हिमाली आरोही टिम र कोरियन आरोही टोलीले सिन्धुपाल्चोकस्थित जुगल–१ हिमालको आरोहणकोलागि मन्त्रिपरिषद् बैठकले जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा १० जनाको लाग्ने रोयल्टी ९सलामी० दस्तुरमा छुट दिने निर्णय गरेको थियो ।
नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment