नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल/ Soaltee hotel#

२०८१ वैशाख : नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल नेपालमा पहिलो पटक आयोजना हुन गईरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट) मा हस्पिटालिटी पार्टनरका द सोल्टी होटेल एण्ड रिर्सोट रहने भएको छ । यस विषयमा दुवै पक्षबीच होटेल सोल्टीमा सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालमा पर्यटन सम्बन्धी मेगाइभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा यही जेष्ठ ३२ र असार १ गते तदनुसार (१४-१५ जुन २०२४ ) मा भृकुटीमण्डपको प्रदर्शनी हलमा एक्सपोको आयोजना हुन गइरहेको छ । हस्पिटालिटी पार्टनरको सम्झौतापत्रमा द सोल्टी होटेल एण्ड रिर्सोेटका तर्फबाट होटलका सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईँ र समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो । सो अवसरमा स्ट्रिम पिक इन्टरनेसनल प्रा.लि.का (सेल्स एन्ड मार्केटिङ डाइरेक्टर हरिश भट्ट, सोही कम्पनीका कर्पोरेट डाइरेक्टर अश्विनी आचार्य (सेल्स एन्ड मार्केटिङ) तथा एसोसिएट डाइरेक्टर (सेल्स) नवराज नेपाल र समिट इभेन्ट्स एन्ड मार्केट्सका फेयर डाइरेक्टर सुजन ओलीको सहभागिता रहेको थियो । हस्ताक्षरपछि सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईँले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट) मा हस्पिटालिटी पार्टनरका रुपमा सहकार्य रहने उल्लेख गर्दै यो प्रदर्शनी नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा एउटा कोशेढुंगा नै सावित हुन सक्ने विश्वास लिएको बताउनु भयो । ‘नेपाल मै आयोजना हुन गइरहेको यो इभेन्टमा हस्पिटालिटी पार्टनरका रुपमा रहन पाउँदा खुशी लागेको छ । यो सहकार्यले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने नै छ । ’ उहाँले भन्नु भयो । समिट इभेन्ट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई हाइलाइट गर्दै विश्वपर्यटन समुदायभित्र अर्थपूणर् सम्बन्ध र सहकार्यलाई प्रवद्र्धन गर्दै एउटा प्रमुख कार्यक्रम हुने लक्ष्य लिएको र एक्सपोलाई सम्पूणर् रुपमा सफल बनाउन कम्पनी हरतरहले लागि परेको बताउनु भयो । ‘ हस्पिटालिटीको क्षेत्रमा एउटा छुट्टै पहिचान बोकेको सोल्टी होटेललाई साझेदारको रुपमा रहनु स्वागतयोग्य कुरा हो । यसले नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्नेमा हामी विश्वस्त छौं । ’ पाण्डेले भन्नु भयो । टुरिजम एक्स्पोमा देश तथा विदेशमा रहेका पर्यटनसम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल/टुर/ट्रेकिङ/माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स), सरोकारवाला व्यक्ति तथा निकायलाई लक्षित गरिएको यो प्रदर्शनीमा न्युनतम १६ देश, २५० क्रेता तथा १ हजार आगन्तुकको सहभागिता रहने कम्पनीका निर्देशक शिशिर खनालले जानकारी दिनुभयो । मुलतः पर्यटन व्यवसायीबीचको सहकार्यलाई प्रोत्साहन गर्न ठुलो भुमिका खेल्ने यस्तो प्रदर्शनी अन्तर्राष्ट्रिय पर्यटन सञ्जाल तथा व्यापारको व्यापक विस्तार हुने कुरामा कम्पनीले विश्वास लिएको उहाँले बताउनु भयो । हालसम्म यो एक्सपोमा ट्रान्सपोर्ट पार्टनरका रुपमा स्विफ्ट होलिडेज, हेल्थ पार्टनरका रुपमा ह्याम्स अस्पताल, तथा डिजिटल पेमेन्ट पार्टनरका रुपमा खल्तीले सम्झौता गरिसकेका छन् । त्यस्तै, नेपालको अर्को ठुलो होटल तथा रिसोर्ट चेन ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्सले पनि हालसालै सहकार्य गरेको छ नाइट २०२४ ले नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी बन्ने लक्ष्य राखेको छ । जसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको छ । एस्क्पोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा प्यानल छलफल हुने र जसले गर्दा व्यापारिक सम्पर्क बढाउन र नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्नको लागि एक प्रमुख प्लेटफर्मको रूपमा यो कार्यक्रम रहने विश्वास गरिएको छ ।