अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपालको सहभागिता

May 19, 2024 Global Photo Bank 7 photos

२०८१ जेठ ६ गते चीनको ग्वाङ्झाउको अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपालको सहभागिता नेपाल पर्यटन बोर्ड ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’बाट सम्मानित चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’ प्रदान गरिएको छ । मे १६ देखि सुरु भएको ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालबाट पाटा नेपाल च्याप्टर र ७ ट्राभल एजेन्सी तथा होटलको सहभागिता रहेको छ । कोभिड–१९ महामारीपछि (जीआइटीएफ) मा नेपालको यो पहिलो सहभागिता हो । उद्घाटन समारोहमा ग्वाङ्जाओका लागि नेपालका कार्यवाहक महावाणिज्यदूत सरोज भट्टराई सहभागी हुनु भएको थियो । सो अवसरमा पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले नेपालको पर्यटन सम्भाव्यताबारे प्रस्तुति दिनुभएको थियो । चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेको अवस्थामा ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा नेपालको सहभागिताले पर्यटन प्रर्वद्धनमा थप सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ । जेठ ३ देखि ५ (मे १६ देखि १८) सम्म सञ्चालन भएको फेयरमा पाटा नेपाल च्याप्टरले चाइना आउटबण्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी) बाट ‘ओभरअल परफरमेन्स अवार्ड’ र ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) बाट ‘बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ । नेपालबाट सहभागी जुगल हलिडेजले मेलामा ‘गोल्ड अवार्ड फर प्रोडक्ट इनोभेसन’ प्राप्त गरेको फेयरमा सहभागी नेपाल पर्यटन बोर्डका अधिकृत प्रदीप गैरेले जानकारी दिनुभयो । नेपालले यस अघि सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट (एटीएम–२०२४) को ३१ औं संस्करणमा सहभागिता जनाएको थियो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment