काठमाडौं। कफी पारखीहरुलाई लक्षित गरि नेपालमै पहिलो पटक ‘कप टेष्टर च्याम्पिएनसिप २०२४’ सुरु भएको छ। ललितपुरको सानेपास्थीत हेरिटेज गार्डेनमा एक दिने कप टेष्टर च्याम्पिएनसिप सुरु भएको हो।
कफी पारखीहरुलाई नेपाली कफी चखाउने र अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ गर्ने मुख्य उद्धेश्यका साथ द वारिष्ता कफी स्कुल, जोयल हिमालयन कफी विन्स, लेकसिटि कफी र लेकाली कफीले सयुक्त रुपमा आयोजना गरेको हो।
कफी क्षेत्रमा युवाको सहभागिता र भविष्य सुनिश्चितता गराउन सकिन्छ भन्ने मूख्य उद्धेश्यका साथ अन्तर्राष्ट्रय क्षेत्रमा उचित बजार र बजार मूल्य नपाइरहेको स्थीतिमा ब्राण्डिङ गर्ने मूख्य उद्धेश्य कार्यक्रमको रहेको विनायक मल्लले जानकारी दिए।
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा जति मूल्य पाउनुपर्ने हो त्यो खालको नपाइरहेको र ब्राण्डिङ पनि राम्रो नभैरहेको स्थीतिमा यस्तो खालको प्रतिस्पर्धाले थप हौसला प्राप्त हुने आयोजक मध्येका एक मल्लको भनाई छ।
प्रतिस्पर्धामा ४८ जनाले सहभागिता जनाएका छन्। कफी उत्पादक, कफी सपका सञ्चालक, वारिस्ताहरुदेखि कफी पारखीहरुले सहभागीता जनाएको निमातेन्जीङ शेर्पाले बताए। पछिल्लो समय कफी उद्योगमा उत्साह छाइरहेको बेला यस्ता खालका च्याम्पिएनसिपले अझ प्रोत्साहन मिल्ने उनको दाबी छ।
‘मुलुक सानो भएपनि कफी कल्चर बढेको छ, नेपालमा भएको कफी उत्पादकहरु गर्ने धेरै सिपालु रहेका छन्,’ शेर्पाले भने, ‘उनिहरुहरुको क्षमता राष्ट्रिय एवंम अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने मूख्य उद्धेश्य हो।’ २ वर्ष अघि पहिलो पटक यो खालको प्रतिस्पर्धाको आयोजना गरेपनि बिचमा रोकिएको थियो। अव भने हरेक वर्ष यो खालको प्रतिस्पर्धाको आयोजना गर्दै जाने बताए।
यसरी हुन्छ प्रतिस्पर्धा
प्रतिस्पर्धामा सहभागी जो कोही हुन सक्छ्। आयोजकले केहि समय अघि सामाजिक संजाल मार्फत प्रतिस्पर्धामा सहभागिहरुलाई सार्वजनिक आव्हान गरेको थियो। सोही आधारमा ४८ जनाले आवेदन दिएका थिए। आवेदन दिएकाहरुलाई विभिन्न चरणमा प्रतिस्पर्धा गरिन्छ। एक जनालाई पहिलो चरणमा तीन कप कफी राखिएको हुन्छ। ती मध्ये २ वटा एउटै स्वादको र अर्को केहि फरक हुन्छ। प्रतिस्पर्धीले ३ मध्ये १ कफ चाखेर फरक छुट्याउनुपर्छ। निर्णायकले त्यो सही हो या हैन भन्ने छुट्याएको हुन्छ। त्यहि आधारमा तीन चरणसम्म पार भएपछि फाइनलमा पुगिन्छ। सुरुवाती चरणमा केहि सहज हुँदै गएपनि पछि केहि गाह्रो हुने आयोजकले जनाएको छ।
प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अन्तर्राष्ट्रिय स्तरमा हुने कफी टेष्ट प्रतिस्पर्धामा सहभागि हुन पाउने छन्। विदेशमा यो खालको प्रतिस्पर्धा हरेक वर्ष हुने गरेको छ।
प्रतिस्पर्धाको सोच कसरी आयोरु
यो खालको प्रतिस्पर्धा संसार भरी नै हुन्छ। वल्ड कफी कप टेष्टेट च्याम्पिएन हुन्छ। नेपालमा पनि कफीका लागि राम्रो वातावरण भैरहेको बेला यहाँ पनि राम्रो सम्भावना छ भन्ने सोचका साथ आयोजना गरिएको जनाएको छ। कफी क्षेत्रमा लामो समय काम गरेका निमातेन्जिङ शेर्पा, प्रणित गुरुङ, मनोज शाही, सूर्य दुरा र विनायक मल्लको टीमबीच सहकार्य गरेर इभेन्टको आयोजना गरिएको जनाएको छ। प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय जगतमा गरिएको प्रतिस्पर्धाको स्टाण्डर कायम गरिएको जनाएको छ।
छानी छानी कफीको स्वाद लिन पाइने
च्याम्पिएनसिपमा प्रतिस्पर्धा मात्र हैन त्यहाँ पुग्नेहरुले इच्छा अनुसार छानीछानी विभिन्न ब्राण्डका कफीको स्वाद लिन पाउछन्। कार्यक्रम स्थलमा विभिन्न नेपाली ब्राण्डका १६ वटा कफीले स्टल राखेका छन्। त्यहाँ कफीको स्वाद सहित कफी र त्यसमा लाग्ने मेसिनहरु खरिदसँग जानकारी समेत लिन पाइन्छ भन्ने कुरा आायोजकले भन्नु भयो ।
कफी पारखीहरुका लागि ‘कप टेष्टर च्याम्पिएनसिप सुरु’/coffee#Coffee Championship
Photos
Click any image to open it full size, or hover to download.