काठमाडौं। पर्यटकीय क्षेत्र बौद्धनाथमा पर्यटकको सेवा र सुविधाको लागि भारतीय चेन होटेल ‘लर्ड्स प्लाजा’ आज देखि संचालनमा आएको छ।
हाल नेपालमा ३ वटा होटेल संचालनमा रहेको, २ वटा निर्माणाधीन रहेको र अर्को २ वटा निर्माण गर्ने योजना रहेको बारे नेपाल रिजन प्रमुख सेलेज एन टेरी बताउनु भएको छ ।
उनका अनुसार बौद्ध टुसालमा र बौद्ध रामहिटीमा, विरगंजमा गरि ३ वटा संचालनमा आएका छन् भने नेपालगंज र लुम्बिनीमा निर्माणाधीन भइ रहेको र पोखरा र चितवनमा पनि निर्माण गरिने जानकारी टेरीले दिए
होटलमा विभिन्न क्याटोगरीका ६० वटा कोठाहरु रहेका छ्न। जसमा साधारण कोठाहरुको ६५ डलर अनि डिलक्सको २५० डलर रहेको छ । नेपालको धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको क्षेत्रमा सेवा पुर्याउने होटेलको प्रमुख लक्ष्य रहेको टेरीले बताए।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ