नाट्टा र टी।ओ।ए।बि बीच पर्यटन प्रवद्र्धनका लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, नेपाल – जुन १३, २०२४ ः नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० तथा टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश ९टी।ओ।ए।बि० बीच नेपाल र बंगलादेश दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्यात्मक सम्बन्ध स्थापना गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

काठमाण्डौं स्थित होटल मनाङ्गमा भएको उक्त कार्यक्रममा “शिखर देखि समुन्द्र सम्म“ भन्ने आदर्श नारा अन्तर्गत गरिएको सम्झौता पत्रमा नेपाल र बंगलादेशको समृद्ध र विविध पर्यटन प्रस्तावलाई प्रवद्र्धन गर्न नाट्टा र टी।ओ।ए।बि विचको प्रतिबद्धतालाई प्रतिबिम्बित गरिएको छ । दुबै देशको शक्तिलाई संयोजन गरेर, विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्ने अद्वितीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

सम्झौता पत्रमा परिचयात्मक भ्रमणहरू आयोजना गर्ने, सम्मेलन र सेमिनारहरू संयुक्त रूपमा आयोजना गर्ने, मार्केटिङ अभियानमा सहकार्य गर्ने, बौद्ध पुरातात्विक स्थलहरूको प्रवद्र्धन गर्ने, पर्यटन सम्बन्धी जानकारीको आदानप्रदान गर्ने, तालिम कार्यक्रमहरू र कार्यशालाहरू मार्फत क्षमता निर्माण गर्ने लगायत अरु धेरै क्षेत्रहरूलाई उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा नाट्टाका अध्यक्ष श्री कुमारमणि थपलिया र महासचिव श्री युविका भण्डारीले हस्ताक्षर गरेका छन् भने टी।ओ।ए।बि का अध्यक्ष रफेउज्जमान र एमडी डा। तस्लिम अमीन शोभन, निर्देशक ९व्यापार तथा मेला० ले हस्ताक्षर गरेका छन् ।