पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरि कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : पर्यटनमन्त्री तामाङ

June 14, 2024 Global Photo Bank 7 photos

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरि कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए। शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् ।

सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाई छ । सरकारले यस क्षेत्रको बिकासको लागि पहिले लगाउंदै आएको हवाई टिकटको भ्याट र अन्य केहि अनाबस्यक कर हटाउने काम भैरहेको र यसको समाधान बजेट पास अघिनै गरिने उनले प्रस्ट पार्नुभयो । यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने बिश्वास सरकारले लिएको उनको भनाई छ ।

पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागिपरिरहेको उनको भनाई छ । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको र संवोधन हुने उहाँले बताए । विश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सुचिमा पर्ने हुँदा अब पुरानो गन्तब्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तब्यमा पूर्वाधार निर्माणको काम सरकारले सुरु गरिसकेको छ । प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्ने लक्ष्य सरकारको रहेको छ ।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको छ । नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकिय गन्तब्य समेत हो । पर्यटन क्षेत्रको विकासले नै मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने गर्दछ । भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो २ दिनसम्म चल्नेछ।

photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment