नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट(२०२४) शुरुनिजी क्षेत्रसंगको सहकार्यमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य ः पर्यटन मन्त्री तामाङ

June 14, 2024 Global Photo Bank 8 photos

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले आज देखि भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो ९नाइट २०२४० शुरु भएको छ । एक्सपो भोलीसम्म चल्ने छ ।
समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको एक्सपोको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकाको लक्ष्य रहेको उल्लेख गर्दै यो कार्यक्रमले पनि सरकारको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताउनु भयो । “ सन् २०२३ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ । सरकार नीजि क्षेत्रसंगको सहकार्य र सहभागितामा पर्यटन प्रर्वद्धनका कार्यक्रम गर्दै जाने छ । ” उहाँले भन्नु भयो ।
आगामी वर्षको बजेटमा पर्यटनका कतिपय विषयहरु छुटेको स्वीकार गर्दै मन्त्री तामाङले छुटेका विषयहरुलाई बजेटमा समेटेर लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी ९होटेल, रिसोर्ट, होमस्टे, ट्राभलरटुररट्रेकिङरमाउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स०, सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याई नेपालको समग्र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यो प्रदर्शनीमा १६ देश, १५० विक्रेता, २५० क्रेता तथा १ हजार भन्दा बढि आगन्तुक सहित मलेशियाको मलेशिया टुरिजम बोर्ड, बिहारको बिहार टुरिजम बोर्ड समेतको सहभागिता रहेको नाइट संस्थापकरसंयोजक एवं समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिनुभयो ।
नेपालमा पहिलो पटक आयोजना गरिएको नाइट २०२४ नेपालको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी भएको र यसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । एस्क्पोमा शुक्रवार शनिवार पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा समुह छलफल ९प्यानल डिस्कसन० हुने छ । जसमा नेपालका पर्यटनका बहुआयामिक विषयहरुमा मन्थन हुने आयोजको धारणा छ ।
एक्सपोमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौं महानगरपालिका सहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ९नाथम०, हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाण्डौं, ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्स काठमाण्डौं र रे (जिन (टा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फुड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, टाभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment