प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो ९नाइट–२०२४ सम्पन्न ।

असार १ काठमाण्डौं ः आगामी वर्ष ९मे ३०–३१ तारिख २०२५० मा दोस्रो संस्करण आयोजना गर्ने घोषणा सहित काठमाण्डौमा जारी प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो ९नाइट २०२४० सम्पन्न भएको छ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा काठमाण्डौंको भृकुटीमण्डपमा दुई दिने एक्सपो आयोजना गरिएको थियो ।
एक्सपोको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुक्रवार उद्घाटन गर्नु भएको थियो भने काठमाण्डौ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले शनिवार समापन गर्नु भएको थियो । कार्यक्रम समापन गर्दै उपमेयर डङ्गोलल नेपालको पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रममा महानगर सधैं साथमा रहेको बताउनु भयो । नेपाल प्रकृतिको दिएको सुन्दर देश भएको चर्चा गर्दै उहाँले एक्सपोमा सहभागी सबैलाई आ आफ्नो देशमा नेपालको प्रर्वद्धन गर्न आग्रह सहति सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा ९कमल० ले एक्सपोको आयोजनाले नेपाललाई अन्तरराष्ट्रिय बजारमा प्रर्वद्धन गर्न थप सहयोग पुगेको उल्लेख गर्दै यस प्रकारका कार्यक्रममा बोर्डको साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।
समापनका अवसरमा बोल्दै ताइवानी प्रतिनिधि तथा पर्यटन विज्ञ डा। क्रिस्टि चेङ्ग, बुद्धिष्ट टुर अपरेटर ९आबटो० भारतका महासचिव डा। कौशलेश कुमार, बिहार टुरिजमका प्रतिनिधी प्रकाश चन्द लगायतले नाइट एक्सपोका लागि आफुहरुको सहभागिता फलयादी भएको प्रतिक्रिया दिँदै नेपालको पर्यटन प्रर्वद्धनका लाागि आफुहरु सधैं सकारात्मक भएको बताउनु भयो ।
मलेशियाको मलेशिया टुरिजम बोर्ड, बिहारको बिहार टुरिजम बोर्ड समेतको सहभागिता रहेको एक्सपोमा सार्क तथा अन्य क्षेत्रका गरि १६ देश, १५० विक्रेता, २५० क्रेता तथा ५ हजार भन्दा बढि आगन्तुकको सहभागिता रहेको थियो । एस्क्पोमा शुक्रवार र शनिवार पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा समुह छलफल ९प्यानल डिस्कसन० हरु आयोजना गरिएको थियो ।
नेपालमा पहिलो पटक आयोजना गरिएको नाइट २०२४ नेपालको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी भएको र यसको सफलतासंगै आउने वर्ष ३०–३१ मे २०२५ मा दोस्रो संस्करण नयाँ मिति तय गरिएको नाइट संस्थापक÷संयोजक एवं समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिनुभयो ।
एक्सपोमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौं महानगरपालिका सहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ९नाथम०, हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाण्डौं, ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्स काठमाण्डौं र रे –जिन –टा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फुड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, टाभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका थिए ।