असार १ काठमाण्डौ गोकर्ण ः फरक फरक क्षमता भएका अपाङता भएका ब्यक्ति, बालबालिका तथा संरक्षकहरु विच गो न पा वडा ९ स्थितमा रहेको विद्या व्यायाम स्कुल,मा समावेशी खेल सम्पन्न भएको छ । यस विद्यालयका कक्षा ६,७,८ विद्यार्थि विद्यालयका शिक्षक,संरक्षक र अन्य ठाउँ जस्तै विआइएबाट विलचेयर बास्केटबलका खेलाडीहरू, एडप्टिभ स्पोर्ट्स खेलिरहेका खेलाडीहरू (अपाङ्गता भएका ) जुन खेलाडीहरू राष्ट्रिय स्तरका खेलाडीहरू हुनुहुन्थ्यो भने केही खेलाडीहरू नयाँ पनि हुनुहुन्थ्यो । त्यस मध्ये २२ जना यसै विद्यालयका विद्यार्थी १२ जना अपाङता भएका खेलाडि र २० जना शिक्षक र स्कुलबाट आएका विद्यार्थि, संरक्षकहरु र दर्शनहरु हुनु ह्ुन्थ्यो । खेलाडिहरुलाई ३ ९तिन० किसिमको खेल खेलाइएको थियोे । १ ब्याडमिन्टन २। टेवुल टेनिस ३। बास्केटवल उक्त खेलमा कसैलाई पनि विजेता भनेर घोषणा गरेको थिएन किनभने समावेशि खेलको अबधारणा राखेर खेलाइएको थियो । किनभने अपाङता भएका र नभएका फरक भएका ब्यक्तिहरु विच अपाङ मैत्रि बनोस भन्ने उदेश्यले खेलाइएको थियो । भन्ने कुरा निर्मला फाउन्डेसका अध्यक्ष निर्मला भण्डारीले बताउनु भयो । कार्यक्रमको अन्तिममा यस कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक श्री हरिकृष्ण श्रेष्ठ सहभागी सवैलाई प्रमाण पत्र तथा मेडल प्रदान गर्नु भएको थियो । यस खेलको लागि सहभागी सवैलाई विहानको खाजाको ब्यबस्था लन्च बक्सल सहयोग गरेको थियो ।
फोटो ः प्रदीपकुमार श्रेष्ठ