२०८१ असार ४ काठमाडौँ ः पूर्वको पर्यटकीय गन्त्व्य मुन्दुम ट्रेल प्रर्वद्धन गर्न सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । पर्यटन बोर्डमा सोमबार आयोजित एक कार्यक्रमका बीच मुन्दुम ट्रेल भ्रमण वर्ष घोषणा गरिएको हो । मुन्दुम ट्रेलमा किराती बाहुल्य भोजपुर, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा लगायत पर्यटकीय क्षेत्रहरू पर्दछन् । यो ट्रेल सहज पदमार्गका रूपमा परिचित छ । भ्रमण वर्षको मुख्य आकर्षणमा गोठस्टे, सुन्तला, धामी, साकेला उभौली र उधौली, रुद्राक्षलगायत महोत्सव आयोजना गर्ने र एक लाख बढि पर्यटक भित्र्याउने आयोजकको योजना छ ।