देहरादुन र काठमाण्डौ बीच सिधा हवाइ सेवा संचालन गर्ने

२०८१ असार ९ भारतको देहरादुनमा बी टू बी सेल्स मिशन सम्पन्न देहरादुन र काठमाण्डौ बीच सिधा हवाइ सेवा संचालन गर्ने विषयमा मुख्यममन्त्रीसंग छलफल नेपाल पर्यटन बोर्ड काठमाण्डौ र नाट्टा सुदुरपश्चिम प्रदेशको संयुक्त आयोजनामा भारतको देहरादुनमा बी टू बी सेल्स मिशन कार्यक्रम सम्पन्न भएको छ । असार ८ गते आयोजना गरिएको कार्यक्रममा नेपाल पर्यटन बोर्ड सहित सुदुरपश्चिम प्रदेशका ८ वटा पर्यटन सम्बद्ध व्यसायी कम्पनीहरुले भाग लिएका थिए । कार्यक्रममा देहरादुन स्थित पर्यटन सम्बद्ध संस्था दुन ट्रावल ओनर्स एशोसिएसन ( डीटीओए) र नेपाल स्थित नाट्टा सुदुरपश्चिम बीच दुवै देशको पर्यटन प्रवद्धन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।