नेपाल पर्यटन बोर्डले सियोलस्थित नेपाली राजदूतावास र कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा दक्षिण कोरियाको ग्वाङ्जुमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । असार ११ गते (२५ जुन २०२४ ) मा दक्षिण कोरियाको ग्वाङ्जुमा बीटुबी बैठकसहित आयोजना गरेको कार्यक्रममा बोल्दै सियोलस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर पुष्पराज भट्टराईले नेपाली र कोरियाली टुर अपरेटरहरूको समूहले सामूहिक रूपमा आयोजना गरेका कार्यक्रमले दुवै देशबीचको पर्यटन प्रवद्र्धन हुने धारणा राख्नु भएको थियो ।
नेपाल र कोरिया गणतन्त्र कोरियाबीचको नेपाल-कोरिया कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठका अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले नेपालको पर्यटन प्रवद्र्धनका लागि कोरियाली र नेपाली अपरेटर दुवै मिलेर काम गर्न आग्रह गर्नु भयो । उहाँले नेपाल र कोरियाबीचको द्विपक्षीय पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकारको तर्फबाट पूणर् सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै नेपाल र कारिया बीच छिट्टै नियमित उडान हुनेमा आफु आशाबादी रहेको जानकारी दिनुभयो ।
त्यसैगरी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, वरिष्ठ निर्देशक हिक्मतसिंह ऐयरले नेपाल दूतावास र कोटानसँगको साझेदारीमा बोर्डले लामो समयपछि नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेको जानकारी दिँदै यस प्रकारका कार्यक्रमले दुई देशलाई पर्यटन प्रवद्र्धनको सम्भावनालाई उजागर गर्न फराकिलो मञ्च प्रदान गर्ने बताउनु भयो । सो अवसरमा उहाँले ‘डेस्टिनेसन नेपाल’ र ‘नेपालको पर्यटन क्षेत्रमा लगानीका अवसर’ विषयका दुईवटा प्रस्तुति दिनु भएको थियो
दक्षिण कोरियाको ग्वाङ्जुमा नेपालको पर्यटन प्रवद्र्धन तथा बीटुबी सम्पन्न
Photos
Click any image to open it full size, or hover to download.