चौथो आदिवासी चलचित्र महोत्सव २०८१ आजदेखि राष्ट्रिय सभागृहमा शुरु

नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तीन दिने चौथो आदिवासी चलचित्र महोत्सव २०८१ आजदेखि राष्ट्रिय सभागृहमा शुरु भयो ।
आज प्रतिनिधिसभा सदस्य एवं उपसभामुख इन्दिरा रानामगरले महोत्सवको पालामा पुजा गरी उद्घाटन गर्नु भयो ।

महोत्सवमा आदिवासी जनजातिबाट छानिएका आदिवासी भाषाका चलचित्र, वृत्तचित्र र लघुचलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा सहभागी हुने चलचित्रलाई विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए । उत्कृष्ट वृत्तचित्रले रु २० हजार र लघु चलचित्रले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तीन दिनसम्म चल्ने महोत्सवमा मौलिक मौलिक खाना, मौलिक मौलिक वेशभूषा, मौलिक फोटो प्रदर्शन, मौलिक आदिवासी ¥याम्प वाक, विभिन्न जातजातिका झाँकीका साथै सांस्कृतिक कार्यक्रम समेत रहनेछन् ।
महोत्सवमा चलचित्र विकास बोर्ड, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, नर्भिक इन्टरनेसनल हस्पिटल र माडवाडी सेवा समितिको सहभागिता रहेको छ ।