२०८१ असार १९: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि सार्वजनिक गरेको पर्यटन दशक ९२०२३–२०३२० अवधारणाका विषयमा मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया आयोजना गरेर सुझाव लिएको छ । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डेले तयार भएको अवधारणालाई कसरी अगाडी बढाउँदा प्रभावकारी हुन्छ भन्ने सरोकारवालाहरुको सुझाव लिन अन्तरक्रिया आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले सरकार निजी क्षेत्रको सहकार्यले मात्रै पर्यटन चलायमान बनाउन सकिने समेत बताउनु भयो । नेपाल पर्यटन बोर्डका कार्यकारी समितीका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटनलाई चलायमान बनाउन केही गर्नु पर्ने अवस्थामा मन्त्रालयमा रहेको अवधारणमा माथी निजी क्षेत्रको रायले मार्ग प्रशस्त गर्ने बताउनु भयो । मन्त्रालय सह–सचिव ईन्दु घिमिरेले अन्तरक्रिया फलदायी भएको बताउँदै निजी क्षेत्रको सुझावका आधारमा अवधारणा परिमार्जन गरिने जानकारी दिनुभयो ।