रमाइलो ठाउँ मार्फा यो मुस्ताङ जिल्लामा पर्दछ । यो अहिले पर्यटनको धेरै सम्भावना भएको ठाउँ हो । मस्ताङमा रहेको मुक्तिनाथ मन्दिर जादा आउदा बस्नकोलागि अति सुन्दर ठाउ हो । यस ठाउँमा अहिले राम्रो राम्रो होटलहरु निर्माण भएका छन । यहा एक पुरानो बस्ती पनि रहेको छ । यो मेन बाटोबाट अलिकता भित्र पर्दछ जो अति नै पुरानो संरचनामा बनेका घरहरु रहेको छन जुन हेर्नलाई मनै आनन्द हुन्छ । त्यसैले यस ठाउमा बास बस्ने आन्तरिक वा बाह्य पर्यटनहरुले यो ठाउ नहेरी फर्कदैनन् । यसको पहिला देखि नै मार्फाको स्याउले प्रख्यात ठाउँ हो ।
Photo : Pradeep Kumar Shrestha / global photo bank.com