महाङ्काल भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमा प्राण९प्रतिष्ठापन हुने।

काठमाण्डौ साउन २ बौद्ध वडा नः६ मा महाङ्काल भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमा प्राण९प्रतिष्ठापन ह्राप्ने साधना पुजा हुने।नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको श्री बौद्धनाथ क्षेत्र विकास समिति द्धारा काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्धमा निर्मित महाङ्काल भगवान , गुरु पद्मसम्भवको प्रतिमा प्रतिष्ठापन पूजा गरिने भएको छ । यही साउन ५, ६, ८ र ९ गते महाङ्काल भगवानको प्रतिमा प्रतिष्ठापन साधना पूजा गरिने श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभएको हो ।
अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा साउन २ गते बसेको बैठकमा छलफल भई यस कार्यक्रम सम्बन्धी निर्णय भएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
बैठकले उक्त पूजा सम्पन्न गर्नका लागि विकास समितिका पदाधिकारी, सदस्य र विभिन्न सरोकारवाला निकाय संघ–संस्थाहरु रहेनेगरि सहारोह समिति गठन गरि विभिन्न जिम्मेवारी समेत विभाजन गरेको छ ।