काठमाण्डौ श्रावण ७ राष्ट्रिय खेलकुद परिषदको दशरथ रंगशालामा रहेको कभर्डहलमा भएको नेपाल र रसियाको मैत्रीपुर्ण महिला भलिवलको दोश्रो दिनको खेल हिजो भन्दा उत्साह जनक रहे पनि नेपालले ३–० ले हार ब्यहोर्नु प–यो / अनुभवी रसियन खेलाडिले नेपालीलाई पहिलो सेटमा २५–१४, २५–२३ र २५–२२ ले हरायो ।
यही आउदो श्रावण महिनाको १७ देखि २३ सम्म हुने काभा महिला नेसन्स लिग दशरथ रंगशालास्थित कभर्डहलमा खेल हुदैछ । जसमा नेपाल सहित इरान, भारत, श्रीलंका र माल्दिभ्सले सहभागी भै खेल खेल्नेछन् ।