नेपाल ग्लोबल टुरिजम अवार्ड २०२४ मा “बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य“ को रूपमा सम्मानित

August 4, 2024 Global Photo Bank 3 photos

२०८१ साउन २० नेपालले ग्लोबल टुरिजम अवार्ड २०२४ मा “वेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन“ को उपाधि प्राप्त गरेको छ । विभिन्न देशहरुको नोमिनेशनबाट नेपालले “वेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन“ को उपाधी प्राप्त गरेको हो ।
ट्राभल वल्र्ड अनलाइन (टीडब्लुओ) ले भारतको नयाँ दिल्लीमा साउन १८ गते (२ अगस्ट २०२४) नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा नेपाललाई बोर्डलार्ई ग्लोबल टुरिजम अवार्ड २०२४ मा “बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य“ को रूपमा सम्मान गरिएको हो ।
नेपालको तर्फबाट ‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ अवार्ड ग्रहण गर्दै नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले यो सम्मानले नेपाल पर्यटकका लाागि सुरक्षित र पर्यटकमैत्री गन्तव्य हो भने सन्देश विश्वभर फैलाउन सहयोग पुगेको र यसले नेपालको समग्र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment