राष्ट्रिय दीगो पर्यटन क्लबका विद्यार्थीलाई पर्यटन फोटोग्राफि अभिमुखिकरण

August 9, 2024 Global Photo Bank 11 photos

काठमाण्डौ २३ श्रावण ः पर्यटन तथा पर्यटन फोटोग्राफीका बारेका जनचेतना अभिवृद्धि गर्दै शैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने उद्देश्यकासाथ राष्ट्रिय दीगो पर्यटन क्लबका विद्यार्थीका लाागि एक दिने पर्यटन फोटोग्राफी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको आयोजना तथा द ग्लोवल ट्रावल एण्ड टुरिजम पार्टनरसीपमा आवद्ध टुरिजम रिसर्च एण्ड टे्रनिङ इन्टिच्युटको सहकार्यमा पर्यटन फोटोग्राफी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा काठमाण्डौं उपत्यकाका विभिन्न १० वटा विद्यालयका ७० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा नेशनल स्कुल अफ फोटोग्राफीका सञ्चालक तथा वरिष्ठ फोटो पत्रकार मधुसुदन थापाले फोटोग्राफीका सैद्धान्तिक तथा व्यावहारिक विषयवस्तुका बारेमा, यस्तै कार्यक्रममा उपप्राध्यापक तथा नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी।पी। भुसालले नेपालको पर्यटन, यसको महत्व, पर्यटन प्रर्वद्धनमा विद्यार्थीको भूमिका तथा फाटोग्राफीको आचारसंहिताबारे अभिमुखिकरण, यस्तै राष्ट्रिय फोटो पत्रकार समूहका सदस्य तथा फोटोपत्रकार प्रदीप कुमार श्रेष्ठले फोटोग्राफीमा क्यामेरा तथा मोवाईल फोटोग्राफीका बारेमा अभिमुखिकरण गर्नुभएको थियो । ९जीटीटीपी० का कन्ट्री म्यानेजर तथा ९टीआरटीआई० का अध्यक्ष मदनकुमार बरालले ९टीआरटीआई०ले देशका विभिन्न जिल्लाका ७० वटा विद्यालयहरुमा राष्ट्रिय दीगो पर्यटन क्लब स्थापना गरि विद्यायलस्तर देखि नै बालबालिकामा पर्यटनसंग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धि, ९टीआरटीआई० का कार्यक्रम निर्देशक सरोजप्रसाद पोखरेल, तथा कार्यक्रम संयोजक लक्ष्मीप्रसाद बुढाथोकीले पर्यटनका लागि फोटोको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै विद्यार्थीलाई यसको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिन सके विद्यार्थीमा पर्यटन प्रतिको अभिरुची बढने र पर्यटकीय पूर्वाधारको संरक्षण तथा प्रर्वद्धनमा सहयोग पुग्ने उद्देश्यले यो अभिमुखिकरण आयोजना गरिएको जानकारी दिनुभयो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment